जनकपुरको सडकमा पैसा फाल्दै भागेका दुई महिला पक्राउ
जनकपुरको सडकमा पैसा फाल्दै भागेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । आज शनिबार जनकपुरको धाम उपमहानगरपालिका– ७, जानकी नगरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पैसा फालेर स्थानीयमा त्रास फैलाउने दुई महिलाको परिचय भने खुलाएको छैन । उनीहरुलाई केही बेरपछि सार्वजनिक गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
शुक्रबार जनकपुरको महावीरचौकमा ती दुवै महिलाले १० रुपैयाँको नोट १२/१५ स्थानमा फालेर फरार भएपछि त्यस क्षेत्रका स्थानीयहरुमा त्रास फैलिएको थियो । प्रहरीले ती नोटहरु जम्मा गरेर अनुसन्धानको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो ।
ती दुई महिलामाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










