तराईमा हावाहुरीको वितण्डा, बालीनाली सबै नष्ट

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार २१:५५
;

तराईमा शुक्रबार राति असिनापानीसहित आएको हावाहुरीले वितण्डा मच्चाएको छ । कोरोना भाइरसको त्रासका बीच आएको हावाहुरी र पानीले प्रदेश २ को उत्तरी क्षेत्रमा बढी असर परेको छ ।

""

हावाहुरीसहित आएको असिना पानीले गहुँ, दलहन, तरकारी, मेवा, केरा र मकैबालीमा क्षति पुर्‍याएको छ भने घरमा छाना उडाएको छ । ठूला असिना परेकोले छानका टायल र खपडा फुटेका छन् । धेरै ठाउँमा छाप्राहरू ढलेका छन् ।

कतिपय ठाउँमा हुरीले रूखसमेत ढालेको छ । किसानहरूले सरकारले बालीमा पुगेको क्षतिमा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । लकडाउनले आफ्ना कृषि उत्पादन बेच्न नपाएका किसानहरु फेरि अर्को मारमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*