उदयपुरका ३ सय घरपरिवारको स्वास्थ्य परीक्षण गर्ने तयारी,  आवतजावत पूर्णरूपमा प्रतिबन्ध

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार २२:२१
;

उदयपुरको त्रियुगा नगरपालिका–३ का करिब ३ सय घर परिवारका सबै मानिसको कोरोना परीक्षण गर्ने तयारी भएको छ ।  त्यहाँस्थित एक मस्जिदमा बस्दै आएका ११ भारतीयसहित १२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उक्त वडाका सबै मानिसहरूको परीक्षण गर्न लागिएको

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताएका छन् ।  कोरोनाभाइरस सङ्क्रमित बसेको उक्त मस्जिदमा बसेका अन्य र उनीहरूको सम्पर्कमा रहेका आसपासका बस्तीका करिब १५ सय मानिसको परीक्षण गर्नुपर्ने अवस्था रहेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताएका छन् । 

त्रियुगा नगरपालिकाको वडा नं १, २, ३, ६ र १२ मा कोरोना सङ्क्रमितहरूको आवतजावत भएको उनले बताए । सबै तयारी भईसकेको र परिक्षणको काम आजैबाट सुरु हुने बताइएको छ ।  

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय विराटनगरले आवश्यकता अनुसार द्रुत तथा पीसीआर परीक्षणका लागि चिकित्सकसहितको टोली खटाइसकिएको जनाएको छ ।

स्थानीय प्रशासनले कोरोनाभाइरस सङ्क्रमित भेटिएको मस्जिदको आसपासका क्षेत्रमा मानिसको आवतजावतमा पूर्णरूपमा प्रतिबन्ध लगाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*