प्रहरीको आँखाछलेर तीव्रगतीमा ट्याक्टर चलाउँदा दुुर्घटना, एकको घटना स्थलमै मृत्यु
रौतहटकोमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । मृत्युु हुुनेमा ट्याक्टरमा बसेका बालुवाधनी कटहरिया–८ पिप्रापोखरियाका ३५ वर्षीय दिनेश राय यादव रहेका छन् ।
बालुुवा लिएर आउँदै गरेको ना२त २४५७ नम्बरको ट्याक्टर कटहरिया १ भसेढवा स्थित नहरछेउमा पल्टिँदा यादवको घटनास्थलमै मृत्युु भएको हो ।
लकडाउनको अवधिमा राति प्रहरीको आँखाछलेर बालुुवा ल्याउनेक्रममा तीव्रगतीमा नहरको डिलमा ट्याक्टर चलाउँदा दुुर्घटना भएको प्रारम्भिक अनुुमान रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञानकुुमार महतोले जानकारी दिएका छन् ।
दुुर्घटनामा परेको ट्याक्टर र चालक कटहरिया १ का सोनालाल दास नियन्त्रणमा रहेको डिएसपी महतोले जानकारी दिएका छन् ।
चालक दासमाथि सवारी ज्यानमुद्दा दर्ताभई आवश्यक प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।