देशभर २७ हजार बढीको कोरोना परिक्षण

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार २२:५६
;

हालसम्म देशभरका २७ हजार बढीको कोरोना परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४ सय ५४ नमूनाको परीक्षण गरिएको जानकारी दिएका हुन् ।

देशभरका क्वारेन्टाइनमा चार हजार ५ सय ३६ व्यक्ति छन् भने आइसोलेसनमा १ सय १७ जना छन्  । मोबाइल एप्लिकेसन र वेबसाइटमा गरेर हालसम्म २० हजार १ सय ३० जनाले आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनेमध्येका २ सय ५४ जनालाई ‘रेड जोन’मा राखेको छ । मन्त्रालयले हिजो, ५ वैशाख उदयपुरमा भेटिएका १२, चितवनमा भेटिएका दुईजना समेत गरेर कोरोना संक्रमितको संख्या ३० पुगेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*