नेपालको छैटौं कोरोना संक्रमित महिलाको रिपोर्ट नेगेटिभ आयो, डिस्चार्ज गर्ने तयारी 

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार २३:१५
;

नेपालको छैटौं कोरोना भाइरस संक्रमित महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।  बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जनाएका छन् ।

गत चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । ती महिलालाई डिस्चार्ज गर्ने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ जनस्वास्थ्य अधिकृत सुरज गुरौले बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*