पैदलयात्रुलाई थाहा नगरको यातायात सुविधा
थाहा नगरपालिकाले धादिङबाट सर्लाहीको लालबन्दी नगरपालिकासम्म जानको लागि हिँडेका पैदलयात्रीलाई यातायातको व्यवस्था गरेकोे छ । ती पैदलपात्रीहरुलाई आज शनिबार बिहान तीनवटा गाडीमा राखेर पठाइएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिएका छन् ।
प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा पैदलयात्रीहरुलाई गाडीमा मकवानपुरको चुरेसम्म पु¥याउन लागिएको प्रमुख विष्टले बताएका छन् । प्रमुख विष्टका अनुसार त्यहाँदेखि सर्लाहीसम्म पुग्नको लागि लालबन्दीका मेयरले गाडी पठाउने भएको जनाईएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि घर जान हिँडेका १ सय एक जना उनीहरु ५ वैशाख साँझ थाहा नगरपालिका ९ चित्लाङ आइपुगेका थिए ।
१६ जना बालबालिकासहित आएका उनीहरुलाई धादिङ जीवनपुरको विभिन्न इट्टाभट्टामा काम गर्ने मजदुरहरु भएको बताएका छन् ।
मजदुरहरु सबैको राती नै स्वास्थ्य परीक्षण गरिएको चित्लाङ स्वास्थ्य चौकीका अहेब महेश्वर लामिछानेले बताए । जाँचेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अहेब लामिछानेले बताए । ‘