नेपालमा थप एक जनामा कोरोना संक्रमण
नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
शुक्रबार मात्र एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिलेसम्म संक्रमितको संख्या ३१ पुगेको छ ।
जसमध्ये तीन जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।