भारतबाट नेपाल आउँदै गरेका १५ नेपालीलाई प्रहरीले पक्राउ गरी क्वारेन्टीनमा राख्यो
भारतबाट पैदल हिँडेर नेपाल आउँदै गरेका १५ जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको आग्रबाट २ सय ७० किलोमिटर हिँडिसकेका उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरि क्वारेन्टीनमा राखेको द टाइम्स अफ इण्डियाले जनाएको छ।
क्वारेन्टाइनमा राखिएका नेपालीहरु सबै आग्रामा मजदुरी गर्नेहरु रहेका छन् । उनीहरुलाई सुनगरी प्रहरी चौकीले आसामा रोड नजिकबाट शनिबार विहान ३ बजे पक्राउ गरेको जनाइएको छ ।
भारतीय प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गरेपछि स्वास्थ्य विभागले अग्रवाल सभा भवनमा निर्माण गरेको क्वारेन्टीमा राखिएको छ ।
प्रहरीले पक्राउ परेका सबै नेपालीहरु नेपालको कञ्चनपुर जिल्लाको रहेको जानकारी दिएको छ । उनीहरु एक होटलम काम गर्ने गरेको खुलेको छ । पक्राउ परेका नेपालीहरु अप्रिल १२ का दिन नेपालतर्फ आउन पैदल हिँड्न सुरु गरेका थिए।