लुकिछिपी नेपाल प्रवेश गरेका १५ भारतीयको र्यापिड परिक्षण, रिपोर्ट नेगेटिभ

गत चैत २२ गते लकडाउनका बेला सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका १५ भारतीय मुसलमानको र्यापिड परिक्षण गरिएको छ । महोत्तरीको एकडारा गाउँपालिका– ५ बहेरा टोलमा आएर बसिरहेका उनीहरुको परिक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
सामाजिक अभियन्ता सरोज रायको पहलमा शनिबारर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका चिकित्सकले उनीहरुको र्यापिड परीक्षण गरेको हो ।
भारतबाट लुकिछिपी नेपाल आएका कारण कोरोना संक्रमित रहेको आशंका गरिए पनि र्यापिड परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका ल्याब टेक्निसियन शम्भु कुशवाहले जानकारी दिए।
सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ । यस्तै शनिबार साँझ परेकाले चैत ४ गते कतारबाट आएका ३ जनाको र्यापिड परीक्षण हुन सकेन । उनीहरुको र्यापिड परीक्षण आज गरिने अभियन्ता रायले जानकारी दिएका छन् ।