पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १३:४०
;

खोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् । बाह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका ६ बालबालिकामध्ये १२ वर्षीया दुई बादबालिका डुबेर बेपत्ता भएका हुन् । 

 शनिबार दिउँसो साथीहरुसँगै पौडी खेल्न गएका १२ जना मध्ये लिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएको शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताएका छन् । 

धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङस्थित मावली घरमा बस्दै आएकी थिइन्।

डुबेर बेपत्ता भएका दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*