कोरोना संक्रमित भेटिएको समुदायका ६९ जनाको स्वाब सङ्कलन

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १४:३२
;

उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि उदयपुरमा त्रासको अवस्था बनेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ को भुल्केमा रहेको मस्जिदमा १२ जनालाई कोकोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यो समुदायका मानिसहरुको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । 

प्रदेश १ सरकारबाट परिचालित स्वास्थ्यकर्मीको टोलीले ५३ घरमा ६० जना स्थानीय, चार जना स्वास्थ्यकर्मी र पाँच जना सुरक्षाकर्मीसहित जम्मा ६९ जनाको स्वाब सङ्कलन गरेको हो । 

सङ्क्रमितहरुसँग सम्पर्कमा आएकाहरुको पहिलो चरणमा स्वाबको नमुना लिइएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बता
एका छन् । नमुना परिक्षणको रिपोर्ट आएपछि थप प्रक्रिया अगाडि बढाइने प्रमुख सुवेदीले जानकारी दिए ।

स्थानीयहरुलाई शारीरिक दुरी कायम गर्दै व्यवस्थित रुपमा चौरमा लाइन लगाइ पालैपालो सुरक्षित रुपमा स्वाब सङ्कलन गरिएको थियो । स्वाब सङ्कलनमा खटिएका पाँच जना सुरक्षाकर्मी र चार जना स्वास्थ्यकर्मीको पनि स्वाब सङ्कलन गरिएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*