हावाहुरी र असिनापानीले सयौँ घरको छाना उडायो, बालीनाली नष्ट

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १५:०७
;

हावाहुरी सहित आएको असिनापानीले रौतहटका विभिन्न क्षेत्रमा वितण्डा मच्चाएको छ । तिव्र वेगमा आएको चन्द्रपुर नगरपालिका लगायत आसपासका नगरपालिकामा ठूलो क्षति पु¥याएको छ । हावाहुरीले सयौँ घरको छाना उडाउनुका साथै भएका घरको समेत छानामा लगाइएको टायल, खपडा फुटेका छन ।

""

हावाहुरी सहित परेको ठुलो आकारको असिनाले घरको छानो प्वालपारेको छ भने बारीमा लगाइएको अन्नबालीका बोटहरु भाँचिदिएको छ ।

चन्द्रपुर नगरपालिकाको चेतनगर, बेतौना , बैजनाथपुर सन्तपुर, अल्टोकी ,मरधर सिन्दुरेघारी नजरपुर ,मरिनटोल लगाएका गाँउमा ठूलो क्षति पु¥याएको चेतनगरका स्थानीय सुजित चौधरीले बताएका छन् ।

""

हावाहुरी र असिनापानीले किसानले लगाएको गहु, मकै, दलहनबाली र तरकारी बालीमा ठूलो नोक्सानी पुर्याएको छ ।

""

किसानहरुले वर्षदिनमा खानुपर्ने अन्न भित्र्याउन नपाउँदै असिनापानीले बारीमै नष्ट पारेपछि राज्यले क्षतिको मूल्याङ्कन गरेर क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

""

नेकपाजिल्ला कमिटी इन्चार्ज युवाराज भट्टराई ‘समिर’ हावाहुरी र असिनापानी पिडित सम्पुर्ण किसानहरुलाई तत्काल राहतको व्यवस्थागर्न तिनै तहका सरकारसँग माग गरेका छन् ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*