जनकपुरमा पैसा फ्याक्ने महिला बस्ने एरिया सेनिटाइज गरिदै

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १५:२८
;

जनकपुरमा पैसा फालेर फरार रहेका महिला बस्ने एरियालाई सेनिटाइज गर्ने काम सुरु भएको छ । जनकपुरको महावीर चोकमा पैसा फालेर फरार भएका दुई महिलाहरु बस्ने एरियालाई आइतबार बिहानै देखि औषधि छरेर सेनिटाइज गर्ने काम भइरहेको हो ।

पैसा फालेर फरार रहेको आरोपमा २ जनालाई पक्राउ गरि कोरोना परिक्षण गर्दा एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई विहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको जनकपुरधाम ७ का वडाध्यक्ष जानकीराम साहले बताएका छन् । वडाध्यक्ष साहका अनुसार जानकीनगर टोलभरि नै सेनिटाइजन गरिने वताए ।

कोरोनाबाटै जोगिन जनकपुरधाम उपमहानगरपालिकाले एक साता अघि नगरको विभिन्न स्थानमा औषधी छर्केका थिए । अहिले जनकपुरधाम ७ मा सोडियम ‘हाइपोक्लोराइट’ नामक सर्फेस सेनिटाइजर छर्किने सुरु गरेको हो । कोरोनाबाट जोगिन सरसफाइ राख्नुपर्ने भएकाले सेनिटाइजर आवश्यक रहेको छ ।

कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिलालाई नियन्त्रणमा लिई प्रहरीले प्रादेशिक अस्पताल जनकपुरधाममा शनिवार परीक्षण गराएको थियो । सो परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरु दुबैजनाकोे पिसिआर टेस्ट पनि गरिएको छ ।

शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजको आधारमा धनुषाको धनौजी गाँउपालिका वडा नंं ५ बहुअर्वा बस्ने वर्ष ५० की अमुना खातुन र उनी नन्द जनकपुरधाम वडा नं। ७ बस्ने वर्ष ३५ की अलिना खातुनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दुबैजना नन्द भाउजु हुन् । शनिवार दिउँसो मस्जिद पछाडी लुकेर बसेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*