लायन्स तथा लियोको ‘हामी छौं’ अभियानमा व्यवसायी शर्माको ५० हजार सहयोग

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १६:२९
;

हेटौंडाका लायन्स तथा लियो क्लबहरुले संचालन गरेको ‘हामी छौं’ अभियानका लागि युवा व्यवसायी अमित शर्माले ५० हजार रुपैंया सहयोग गरेका छन् । लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया २ अन्तर्गका लायन्स तथा लियो क्लबहरुले संचालन गरेको ‘हामी छौं’ अभियानका लागि रमिला ट्रेडिङ्गका संचालक एवं लायन्स क्लब अफ बसामाडीका सदस्य शर्मा व्यक्तिगत रुपमा ५० हजार रुपैंया सहयोग गरेका हुन् । 

""

यस बिषम परिस्थितिमा पनि लायन्स तथा लियो क्लबहरुले खाजा खुवाउने अभियानै संचालन गरिरहेको र सो कार्यमा आफुले पनि सहयोग गरेको बताए । उनले लायन्स तथा लियो क्लबहरुको यो अभियान मार्फत गरेको काम प्रशंसनिय रहेको बताए ।

""

लायन्स तथा लियो क्लबहरुले विगत १२ दिन देखि ‘हामी छौं’ मार्फत निरन्तर रुपमा लामो दुरीबाट आएका पैदल यात्रु र चोक चोकमा खटिएका सुरक्षाकर्मीहरुका लागि खाजा खुवाउने कार्य गरीरहेको छ ।
""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*