कोरोना नियन्त्रणका लागि २ नम्बर प्रदेशको ६८ करोड निकासा

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १६:३४
;

प्रदेश नम्बर द२ को मन्त्रीपरिषद बैठकले कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक उपकरण खरीद गर्न ६८ करोड रुपैया निकासा गरेको छ । निकासा रकमले प्रदेशमा पिसीआर मेसिन र अन्य उपकरणहरु खरीदमा खर्च गरिने जनाईएको छ । 

आज सम्पन्न मन्त्रीपरिषदको बैठकले विपन्न परिवारको घरमा सोझै राहत पुर्याउने गरी दोस्रो चरणको राहत प्याकेजको पनि घोषणा गरेको छ । स्थानीय तहले प्रदेश सरकारलाई उपलब्ध गराएको विपन्न परिवारको विवरणको आधारमा जिल्लाका घरेलु तथा साना उद्योग मार्फत राहत सामग्री खरीद गरी सम्बन्धित वडा कार्यालय मार्फत वितरण गरिने निर्णय गरेको छ । निर्णय अनुसार स्थानीय तहले राहत सामग्री प्राप्त गरेको २४ घण्टा भित्र सम्बन्धित परिवारको हातमा पुग्नै पर्ने प्रावधान समेत राखेको छ । 

प्रदेश सरकारले विपन्न तथा दैनिक ज्यालादारी मजदुरहरुको लागि दोस्रो चरणको राहत उपलब्ध गराउन लागेको हो । प्रदेश २ मन्त्रीपरिषदले पर्साको नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना उपचार गर्न र आवश्यक व्यवस्थापन गर्न ५० लाख रुपैया दिने समेत निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*