तातोपानी नाकाबाट स्वास्थ्य सामाग्री मात्रै भित्रिन सुरु

तातोपानी नाकाबाट निजी क्षेत्रले आयात गरेको स्वस्थ्य सामाग्री नेपाल भित्रिन सुरु भएको छ । तातोपानी नाका सञ्चालनमा आएपछि तत्कालका लागि स्वस्थ्य सामाग्री मात्रै नाका भएर आयात भएको हो ।
तातोपानी भन्सार कार्यालयका अनुसार आइतबारसम्म सात कन्टेनर स्वस्थ्य सामाग्री नेपाल भित्रिएको छ । नाकाबाट आसीयूमा प्रयोग गरिने उपकरण, पीपीई सेट र मास्क लगायतका स्वस्थ्य सामाग्री नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
हाल चीनीयाँ कन्टेनरले माल वस्तु ल्याएर नेपालतर्फको यार्डमा खन्याउने र त्यसलाई २४ घण्टा कोरिन्टाइनमा राखे पछि नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने व्यवस्था मिलाइएको जनाइएको छ ।
तत्कालका लागि अत्यवश्यक खाद्यन्न र फलफूलको आयात पनि गर्ने गरी तयारी भईरहेको भन्सार प्रमुख लालबहादुर खत्रीले बताएका छन् ।
चिनमा कोरोना संक्रमण देखिए पछि माघ १४ गते देखि बन्द भएको नाका चैत १२ गतेबाट औपचारिक रुपमा खुल्ला भएको थियो ।










