कोरोना नियन्त्रणका लागि पोखरा महानगरपालिकामा स्यानिटाइजर टनेल
कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि पोखरा महानगरपालिकाले स्यानिटाइजर टनेल महानगरको कार्यालय परिसरमा राखिएको छ । पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित स्यानिटाइजर टनेल महानगरको कार्यालय परिसरमा राखिएको हो ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन गण्डकी प्रदेशमै पहिलो पटक पोखरा महानगरपालिकाले आफ्नो प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरेको छ । अब महानगरमा आउने प्रत्येक व्यक्तिको पूरै शरीरै स्यानिटाइजेसन टनेलबाट स्यानिटाइज गरी सङ्क्रमण मुक्त हुने भएको हो ।
करिब ५ सेकेन्डमा यो स्वचालित सेनिटाइजर टनेलले होलबडीलाई सेनिटाइज गरिसक्ने छ । कोरोना भाइरसबाट सुरक्षित रहनका लागि गण्डकी प्रदेश तथा पोखराका नाकाहरुमा यस्तो सेनिटाइजर टनेल राखिएको हो ।
नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष आर्किटेक इन्जिनियर बाबुराम भण्डारीका अनुसार स्यानिटाइजर टनेल बनाउँदा १ लाख ५० हजारको सामग्री लागेको र एनइएका इन्जिनियरले प्राविधिक शिक्षाको उपयोग गरी पोखरा महानगरको यान्त्रिक कार्याशालामा यो टनेल निर्माण गरेको बताएका छन्।











