व्यवसायी अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार २१:३२
;

ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।

गत चैत २५ गते ज्वरो नाप्ने थर्मल गन बढि मुल्यमा बिक्री गरी कालोबजारी गरेको कसूरमा लागेका अग्रवाल माथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।

अनुसन्धान नगकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले थप दिनको अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानाएको छ ।

५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दै गर्दा प्रहरीले काठमाडौंका नक्शालबाट अग्रवाललाई पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*