मासु अड्किएर एक जनाको मृत्यु

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार २१:४२
;

 घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।

शनिबार राति सल्यानचौरका बलराम कवरका घरमा झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्‍याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन छ ।

रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*