कैलाली लम्कीका युवकको कोरोना रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज गरिने

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार २२:०१
;

कैलालीका कोरोना संक्रमित युवकलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । कैलाली लम्कीका २१ वर्षीय युवकको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी गरीएको हो । 
१६ दिन देखि सेती प्रादेशीक अस्पतालमा उपचारत युवकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आइतबार गर्ने तयारी गरिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ ।

संक्रमित युवक गत चैत ११ गते भारतको मुम्बईबाट नेपाल फर्किएका हुन् । युवकलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन् । उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने तयारी गरिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३० जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये चारजना उपचारपछि डिस्चार्ज भएका छन्। अन्य २७ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*