क्वारेन्टीनमै किरिया बसेका भट्टलाई नेपाल ल्याईयो, स्वास्थ्य परीक्षण गरेर घर पठाउने तयारी
भारतीय क्वारेन्टीनमै किरिया बसेका वासुदेव भट्टलाई नेपाल ल्याइएको छ । लकडाउनका कारण क्वारेन्टीनमै किरिया बस्न बाध्य भएका दार्चुला शैल्यशिखर नगरपालिका–१, भलाँचका भट्टलाई आज आईतबार नेपाल ल्याईएको हो ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाको पहलमा भट्टलाई दधार्चुलास्थित भारतीय क्वारेन्टीनबाट नेपाल ल्याइएको हो ।
भट्टलाई अहिले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् ।
उनलाई घर पठाउने या अस्पतालमै राख्ने विषय उनको र्यापिड टेस्टको नतिजापछि टुंगिने प्रजिअ पौडेलले बताए ।
रिपोर्ट पोजेटिभ आएमा भने अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिने उनले जानकारी दिए ।