नमाज पढदै गरेका १४ जना प्रहरीको नियन्त्रणमा 

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार २२:५८
;

मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका– ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई पक्राउ गरेको हो ।

कोरोना संक्रमणको जोखीम बढ्दै गएपछि अहिले देश लकडाउमा छ । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि धेरै भिडभाड नगर्न समेत गर्न सरकारले निर्देशन दिएको छ । बारम्बार अहिलेको अवस्थामा जम्मा नहुन भन्दा पनि अटेर गरेको कारण उनीहरुलाई पक्राउ गरेको  प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दीपशमसेर राणाले बताएका छन् । 

उनीहरुलाई सबै कपिलवस्तुकै नागरिक भएको प्रहरीको भनाइ छ । उनीहरुलाई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।

कपिलवस्तुमा एक जना पाकिस्तानी नागरिक पनि फेला परेका छन् । उनी तीन महिना अगाडि कपिलवस्तु आएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*