छलफलपछि डाक्टर पुन टेकू अस्पतालमै

टेकु अस्पतालका विज्ञ डा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पताल नै पठाएको छ । मन्त्रालयले डा. पुनलाई छलफलको लागि मन्त्रालय बोलाएको र छलफल पछि उनलाई फेरि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नै नियमित काम गर्ने गरि पठाएको हो ।
मन्त्रालयले डा. पनलाई छलफलका लागि गत शुक्रबार अस्पताल प्रशासनलाई पत्र काटेर मन्त्रालय बोलाएको थियो । मन्त्रालयको पत्रचार पछि डा. पुन आज आइतबार मनत्रालयमा हाजिर भएका डा. पुन सम्बन्धित अधिकारीहरुसँगको छलफलपछि उनलाई फेरि सोहि अस्पतालमा नै पठाएको उनले बताएका छन् ।
डा. पुनले मन्त्रालयमा आवश्यक छलफल भएको र अब आफूले टेकू अस्पतालमै पूर्ववत् रुपमा काम गर्ने बताएका छन् ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणबारे भइरहेका काम कारवाही लगायतबारे सञ्चार माध्यममा नियमित रुपमा आफ्ना लेख, अन्तरवार्ता सार्वजनिक गरिरहेका पुनलाई त्यसबारे मन्त्रालय नेतृत्वले चित्त नबुझाई स्पष्टीकरण सोध्न खोजेको र मन्त्रालयमै तान्न खोजेको भनी सर्वत्र आलोचना भएको थियो।










