भारतीय क्वारेन्टीनमा बसेका किरियापुत्री छैटौं दिनमा घर पुगे
भारतीय क्वारेन्टीनमै आमाको किरिया बसेका बासुदेव भट्टको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । आज आईतबार नेपाल ल्याईएको उनको जिल्ला स्वास्थ्य कार्यालयमा र्यापिड डाइग्नोस्टिक किटबाट स्वास्थ्य परिक्षण गरिएको थियो ।
उनको महाकाली नगरपालिका–४ स्थित महेन्द्र नमुना माविमा र्यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गरिएको थियो । यसको नतिजा नेगेटिभ आएपछि एम्बुलेन्समा उनलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ बताएका छन् ।
लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा क्वारेन्टीनमा किरिया बसेको छैटौं दिन घर पुगेका छन् ।