धरान र नेपालगञ्जबाट पनि कोरोनाको अन्तिम नतिजा पाइने
पश्चिममा भेरी अस्पताल र सुनसरीको पूर्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाको पुनः परीक्षणको व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि कोरोना पुष्टि भएका केसको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै अन्तिम परीक्षण हुँदै आएकोमा अब बाँकेको भेरी अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रस भेरिसिफेसन गर्न दिइने भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र ‘क्रस भेरिसिफेसन’ हुने गरेको थियो । अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुमा भेरिफिकेसन गरिन्थ्यो भने अब नेपालगञ्ज र धरानमा पुनः परीक्षणको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।
आरडीटी किट परीक्षण र पीसीआरकै क्रममा पनि कतिपय परीक्षणमा शंका देखिन थालेपछि मन्त्रालयले भेरी र धरानबाट हुने भेरिफिकेसन नै आधिकारिक हुने जनाएको छ।
योसँगै नेपालभरी पीसीआर विधिबाट कोरोना नमुना परीक्षण १५ स्थानबाट हुनेछ ।










