भारतमा दुई साधुसहित तीन जनाको कुटीकुटी हत्या, ९ बालबालिकासहित १ सय १ जना पक्राउ

हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार १३:३१
;

भारतमा दुई साधुसहित तीन जनालाई कुटीकुटी निर्मम रुपमा हत्या गरिएको छ । सो विषयमा अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ ।  भारत महाराष्ट्रको पालघरमा बिहीबार उनीहरुको कुटीकुटीे हत्या गरिएको सो घटनाका दोषीलाई कठोर दण्ड दिने मुख्यमन्त्री उद्धव ठाकरेले घोषणा पनि गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा छेकेर केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेको छ । मृत्यु हुनेमा ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालक छन् ।

आक्रमणकारीले उनीहरु चोर रहेको भन्दै आक्रमण गरेको जनाइएको छ । तर, ती तीनै जना व्यक्ति एक जनाको अन्तिम संस्कारमा सहभागी हुनका लागि सुरत जान लागेको बताइएको छ ।
पालघर प्रहरीले आक्रमणमा संलग्नको पहिचान गर्न ११० जनालाई पक्राउ गरेको जानकारी ट्वीटरमार्फत् दिएको छ ।

पक्राउ पर्नेहरुमा ९ बालबालिका समेत छन् । १०१ जनालाई यही अप्रिल ३० तारिखसम्मका लागि भनेर हिरासतमा राखिएको छ । प्रहरीले हत्याको अनुसन्धान जारी रहेको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*