चट्याङ लागेर एक महिलाको मृत्यु
हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार १३:५९
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शंकरपोखरीको टारी स्थित गोविन्द प्रसाद भुसालकी श्रीमती २८ वर्षीया कल्पना भुसालको चट्याङ लागेर मृत्यु भएको हो ।
गोठमा बाख्रा बाँधिरहेको अवस्थामा चट्याङ लागेर गम्भिर घाइते उनलाई कुस्मामा रहेको पर्वत अस्पतालमा लगिएको भए पनि चिकित्सिकहरुले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताएका छन् ।