धादिङमा जीप दुर्घटना, एकको मृत्यु, ८ जना घाईते 

हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार १४:१३
;

धादिङमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । जीप दुर्घटनामा मातातीर्थ औंसीमा आमाको मुख हेर्न आउँदै गरेकी ज्वालामुखी १ देविटारकी सरु बस्यालको घटनास्थलमै मृत्यु भएको हो ।

मलेखु बजारबाट तरकारी बेचेर फर्केका किसानहरुलाई लिएर वडा नं ४ को खहरे जाँदै गरेको बा.१ क ८७३६ नम्बरको उक्त जीप  बेनिघाट रोराङ– ४ आरन भन्ज्याङको सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो ।  

गम्भिर घाईते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ भने ३ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । सामान्य घाइते २ जनालाई प्राथमिक उपचारपछि घर फर्केको गजुरीस्थित प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताएका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*