निर्घात कुटपिट गरी २५ वर्षीय युवकको हत्या 

हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार १४:४७
;

रौतहटमा एक युवकको निर्घात कुटपिट गरी एक युवकको हत्या गरिएको छ । गएराती कटहरिया नगरपालिका–१ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  गएराती सञ्जीव घरबाट साथीसँग निस्किएका थिए । केहीबेरपछि गम्भीर घाइते अवस्थामा फेला परेपछि तत्काल एम्बुलेन्समार्फत उपचारको लागी वीरगञ्ज लगिएको थियो ।

टाउको छातीलगायत शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेका यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*