आइसोलेसनमा मृत्यु भएका बिरामीमा कोरोना देखिएन
हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार २०:०५
आईसोलेसनमा मृत्यु भएको एक बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।
बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो ।