आगलागी हुँदा एकको मृत्यु, दुई जना घाईत
हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार २०:२७
गुल्मीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । शान्तिपुर बसपार्कमा रहेको एक घरमा आगलागी हुँदा घाईते भएका दुर्इ जनालाई उपचारको लागि पाल्पा ल्याईएको जनाईएको छ ।
उक्त आगो मैन बत्तीबाट आगो सल्किएको प्रहरीको अनुमान छ । एकको मृत्यु निसास्सिएर भएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी र स्थानीयको प्रयासपछि आगलागी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।