सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नकाटिने
सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएको छ । नोवल कोरोना भाइरसको रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न सरकारले निर्देशन दिएको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले तलब कट्टा नगर्ने निर्णय गरेको हो ।
संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ ।