मलामी गएर फर्किने क्रममा प्रहरीद्वारा कुटपिट, दुई प्रहरीलाई विभागीय कारबाही 

हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार २१:३६
;

मलामी गएर फर्किएका एक व्यक्तिलाई प्रहरीले निर्मम तरिकाले कुटपिट गरेको छ । आइतबार मोरङको पथरी शनिश्चरे नगरपालिका– ४ का प्रेम लिम्बु मलामी गएर फर्किने क्रममा प्रहरीले कुटेको भिडिओ सार्वजनिक भएको थियो । घटना बाहिरिएसँगै इलाका प्रहरी कार्यालयले ती दुई जवानलाई विभागीय कारबाही गरेको छ ।

प्रहरी जवान मदन राई र नमराज पोखरेल कारबाहीमा परेका हुन् । भाईरल भएको भिडियोमा ती कुटीएका व्यक्तिले प्रहरीलाई औंला देखाएर भागेको देखीएको प्रहरीले जनाएको छ । 

ती व्यक्तिले माफी मागिसकेको प्रहरीले जनाएको छ  । भाइरल भएको भिडिओमा दुई प्रहरीले लात्ती र झापड हानेको देखिन्छ भने केही समयपछि भीड जम्मा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*