लायन्स मकवानपुर डाइमण्डको अध्यक्षमा के.सी

लायन्स क्लब अफ मकवानपुर डाइमण्डको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार भिडियो कन्फ्रेन्सबाट सर्वसम्मत रुपमा बर्ष २०२० ÷२१ को लागी नयाँ कार्यसमिति चयन भएको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देश लकडाउनको अवधिमा रहेकाले सभा सम्मेलन गर्न असहज परिस्थित भएपछि क्लबले भिडियो कन्फरेन्सबाट नँया कार्यसमिति चयन गरेको हो ।
क्लबको भिडियो कन्फ्रेन्सबाट भएको साधारण सभाबाट बर्ष २०२०÷२१ को लागी गौतम के.सिलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
त्यस्तै प्रथम उपाध्यक्षको जिम्मेवारी दिपेन्द्र यादव दिइएको छ भने, सचिवमा इरोज न्यौपाने, कोषाध्यक्षको जिम्मेवारी मनिश घिमिरेलाई दिइएको छ ।
बाँँकी पदका लागि कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गरिने निवर्तमान अध्यक्ष जे. पि. यादवले बताएका छन् ।