बिहेको प्रलोभन देखाई किशोरीमाथि बलात्कार, एक युवक पक्राउ 

हेटौडा न्युज
९ बैशाख २०७७, मंगलवार १७:०५
;

विवाह गर्ने प्रलोभन देखाइ किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मल रहेका छन् ।

१६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई जबर्जस्ती करणी गरेको पाइएको  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले बताएका छन् ।

पीडितका बाबुले दिएको उजुरीका आधारमा सिर्मललाई पक्राउ गरिएको प्रहरीको जनाएको छ । उनलाई जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*