अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने तरुण दलको चेतावनी  

हेटौडा न्युज
९ बैशाख २०७७, मंगलवार १७:३६
;

नेपाल तरुण दलले सरकारले ल्याएका पछिल्ला अध्यादेशहरु फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

अध्यादेश रास्ट्रपतिबाट पारित हुनु संविधानको मर्म बिपरित, गलत राजनीतिक अभ्यासले अस्थिरता संगै लोकतन्त्र धरापमा पर्न सक्ने हुँदा देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलले जनाएको छ ।

“देश, जनता र लोकतन्त्र बिरोधी बिधेयक फिर्ता नलिए तरुण दल लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिबेहरी ल्याउनसमेत पछि नपर्ने चेतावनी दिन चाहन्छु,” उनले भनेका छन्, “आन्दोलनले निम्त्याएको सम्पूर्ण क्षतिको जिम्मेवार केपी सरकार नै हुनेछ भन्ने स्मरण तरुण दल गराउन चाहन्छ ।” विज्ञप्तीमा उल्लेख गरिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पास गरेका राजनीतिक दल र संबैधानिक परिषद्सम्बन्धी अध्यादेश आपत्तिजनक र गैह्रजिम्मेवार कदम भएको भन्दै तरुण दलले आपत्ति जनाएको छ । 

अध्यादेश रास्ट्रपतिबाट पारित हुनु देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलले ठहर गरेको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*