काठ तस्करी गर्ने तीन जना पक्राउ  

हेटौडा न्युज
९ बैशाख २०७७, मंगलवार १८:४२
;

काठ तस्करी गर्ने तीनजनालाई  सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । सुनसरीको रामधुनी नगरपालिका-६ मा रहेको बहत्तर बिघाको राष्ट्रिय वन क्षेत्रबाट काँचो सखुवाको  काठ तस्करी गर्ने  रामधुनी नगरपालिका वडा नम्बर ६ का ४१ वर्षीय केशव खड्का, २४ वर्षीय अर्जुन लिम्बु र ३५ वर्षीय रोशन राई लाई पक्राउ गरेको हो । 

लकडाउनको मौका छोपी एक ट्याक्टर सखुवाको काठ तस्करी गरेको  विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बलको ४ नम्बर गण हेडक्वार्टरका गणपति एवं एसपी कृष्ण ढकालको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुको साथबाट स १ प ७४९८ नम्बरको मोटरसाइकल र ४ सेट मोबाइल, २ त ९९९० नम्बरको ट्याक्टर, बरामद भएको जनाएका छन् ।  काठ  पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालय इनरुवामा आवश्यक कारबाहीको लागि पठाइएको ढकालले जानकारी दिएका छन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*