पूर्वानुमान मौसमः मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा, बिहीवारसम्म पानी पर्ने
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ ।
हाल देशका विभिन्न स्थानहरुमा मेघ गर्जन÷ चट्याङ सहित वर्षा गराउने बादलका कारण वर्षा भैरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएको र हावाहुरी÷मेघ गर्जन÷चट्याङ्÷असिनाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलवार दिउँसो र राति आंशिकदेखि सामान्य बदली रही केही स्थानमा स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।