पैदल यात्रुलाई श्रीकृष्ण प्रणामीको सहयोग

हेटौडा न्युज
९ बैशाख २०७७, मंगलवार १९:३१
;

श्रीकृष्ण प्रणामी समाज मकवानपुरद्वारा हेटौंडामा खाना उपलब्ध गराएको छ । कोरोना भाईरस रोकथामका लागि सरकारले लकडाउन गरेको छ । लकडाउन भएपछि रोजगारीका लागि घरभन्दा बाहिर रहेका व्यक्तिहरु हिडेरै घर फर्किने क्रम आजसम्म चलेकै छ । 

तर लकडाउनका कारण कुनैपनि पसल, बजार नखुल्दा पैदल यात्रुहरुलाई समस्या परेपछि समाजले हेटौंको मेनरोडमा निशुल्क खानाको व्यवस्था गरेको जाएको छ । 

""समाजले हिजो सोमबार मात्रै हेटौंडा हुँदै देशका विभिन्न स्थानमा हिडेका करीब ४५ जना पैदल यात्रुलाई निशुल्क खानाको व्यवस्था गरेको थियो । आयोजक संस्थाले हिडेरै आईपुगेका यात्रुलाई स्थानीय प्रशासनको समन्वयमा हेटौंडाबाट पूर्वको राईगाउँ र पश्चिममा नारायणघाटसम्म निशुल्क यातायातको समेत व्यवस्था गरेको समाजका केन्द्रीय सदस्य बद्रीप्रसाद चौलागाईले बताएका छन् ।  

सहयोगको कार्यक्रम लकडाउन अवधिभर रहने श्रीकृष्ण प्रणामी समाजले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*