मजदुरको शव गाड्ने इँटा उद्योग सञ्चालक पक्राउ 

हेटौडा न्युज
९ बैशाख २०७७, मंगलवार २१:५४
;

मजदुरको शव गाड्ने धनुषाका एक जना इँटा उद्योग सञ्चालक पक्राउ परेका छन् । जिल्लाको विदेह नगरपालिका–३ जोगियास्थित भगवत्ती इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदुर सुक्ता नफादको गत वैशाख ६ गते उद्योगमै मृत्यु भएको थियो ।

४० बर्षीय उनको चुँडिएको विजुलीको तार जोड्ने क्रममा ज्यान गएपछि उद्योग सञ्चालकले उनको पोष्टमार्टम समेत नगराई जमिनमा गाडेको प्रहरीले जनाएको छ । 

प्रहरीले गाडिएको ठाउँको उत्खनन गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले बताएका छन्  ।

मजदुरको शवलाई गाड्ने उद्योग मालिक अनिफ नदाफ र अजिम मन्सुरीलाई नियन्त्रणमा लिई घट्नाबारे थप अनुसन्धान शुरु गरिएको उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*