कोरोनासँग लड्न झनै ठूलो चुनौति हुने भन्दै यार्सागुम्बा संकलनमा रोक 

हेटौडा न्युज
९ बैशाख २०७७, मंगलवार २२:५३
;

करिब २० वर्ष भन्दा अघिबाट संकलन गरिदै आएको यार्सागुम्बा संकलनमा यस वर्ष भने रोक लगाइएको छ ।  कोरोना भाइरससँग लड्न झनै ठूलो चुनौति हुने भन्दै जिल्ला विपत व्यवस्थापन समितिले डोल्पामा यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको हो । 

कोरोनाका कारण देश नै लकडाउन रहेको अवस्थामा जिल्लामा पाइने बहुमुल्य जडिबुटि यार्सागुम्बा संकलनले झनै ठूलो विपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम भएको भन्दै यार्सागुम्बा संकलनमा रोक लगाएको जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिएका छन् ।  

अघिल्ला वर्षमा जिल्ला बाहिरकालाई ३ हजार, जिल्ला भित्रकालाई २ हजार र निकुञ्जको कोर क्षेत्र र मध्यवर्ति क्षेत्रका बासिन्दालाई पाँच सय शुल्क लिएर यार्सागुम्बा संकलनमा प्रवेश अनुमति दिने गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*