प्रदेश सरकारको ७५ लाख अनुदान लिएको मानव सेवा आश्रम बेसहाराको उद्दार गर्न मान्दैन

हेटौडा न्युज
९ बैशाख २०७७, मंगलवार २२:५८
;

मकवानपु जिल्लामा केन्द्रिय कार्यालय रहेको मानव सेवा आश्रमले हेटौंडाको सडकमा देखा परेका एक बेसाहार व्यक्तिको उद्दार गर्न नसक्ने बताउदै आएको छ । विगत केहि हप्ता अगाडीदेखि पुर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडाको मेनरोडको सडक पेटिमा बस्दै आएका ती व्यक्तिको स्वास्थ्य जाँच नभएको भन्दै उद्दार गर्न नसक्ने बताएको छ । 

केहि दिन अघि मात्र हेटौंडा उपमहानगरपालिकाले ती व्यक्तिलाई उद्दार गरी हेटौंडा अस्पताल पुर्याएको र स्वास्थ्य परिक्षण समेत भएको अस्पताल प्रशासनले बताएको छ । ती कर्मचारीले आश्रमलाई फोन गरेर ती बेसाहारा व्यक्तिलाई जिम्मा लिन भनेपछि आश्रमले जिम्मा लिन नसक्ने बताएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

सडक मानवको उद्दार र संरक्षण गर्छु भन्दै सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशसंग ७५ लाख रकम अनुदान लिएको मानव सेवा आश्रमले प्रदेश राजधानीकै सडकमा देखिएका बेसाहरा व्यक्तिको उद्दार नगरेको हो । 

केहि समय अघि मात्र धुमधामका साथ मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेको थियो । यसरी सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा भएरपनि उद्दार र संरक्षणको जिम्मा लिएको बेसहाराहरुको लागि भन्दै विभिन्न सरोकारवाला निकाय तथा नागरिकहरुसँगको संकलित रकमबाट सञ्चालित मानव सेवा आश्रमले बाहानावाजी गर्दै ती व्यक्तिको उद्दारमा कुनै चासो देखाएको छैन ।

मानव सेवा आश्रमकालागि प्रदेश सरकार, मकवानपुरका स्थानीय सरकार र व्यक्ति तथा संघसस्थाहरुले नगद, जिन्सी सहयोग गर्दै आइरहेका छन् । तर, उद्दार नै गर्नुपर्नेलाई भने उसले अहिलेसम्म उद्दार गर्न मानिरहेको छैन । 

त्यतिमात्रै होईन आश्रम व्यवस्थापनमा लाखौ रकम विनियोजन गर्ने प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, सहयोगापेक्षी सडक मानवमुक्त असिभयानकी सहजकर्ताले उद्दार गरिदिन आग्रह गर्दा समेत अटेर गरेर बसेको छ ।

सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख इन्दिरा ओझाले मन्त्रालयको तर्फबाट पनि उद्दारका लागि बारम्बार आग्रह गरिरहेको तर आश्रम वाहनाबाजीमा नै व्यत रहेको जानकारी दिएकी छिन् । 

बेसहाराको लागि खर्च गर्न आश्रमलाई चालु आवमा मात्रै सामाजिक विकास मन्त्रालयको ७५ लाख अनुदानमध्ये ४५ लाख भुक्तानी भएको र ४० प्रतिशत रकम मात्रै भुक्तानी लिन बाँकी रहेको र असहायहरुको उद्दारका लागि आश्रमलाई चार पांग्रे सवारी समेत उपलब्ध गराएको ओझाले जनाएकी छिन् ।

मानव सेवा आश्रमले भने कोरोना संक्रमणको अहिलेको अवस्थामा हाल रहेका आश्रितलाई असर पुग्ने भएकाले उद्दार नगरिएको जवाफ दिएको छ । तर ती व्यक्तिलाई अस्पतालमा लगेर परीक्षण गरी संक्रमण भए–नभएको निश्चित भएपछि मात्रै लैजान गरिएको आग्रहलाई भने उसले सुने पनि नसुने झै गरेको मन्त्रालयकी सहयोगापेक्षी सडक मानव अभियानकी सहजकर्ता गीता सापकोटाले बताएकी छिन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*