महालक्ष्मी बैंकको कोरोना रोकथाम कोषमा ५० लाख सहयोग
महालक्ष्मी विकास बैंकले सरकारको कोरोना भाईरस रोकथाम तथा उपचार कोषमा ५० लाख रुपैया उपलब्ध गराउने भएको छ । बैंक केन्द्रीय व्यवस्थापनले सरकारको कोरोना उपचार कोषका लागि ५० लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रति प्रदेश ४ लाख रुपैयाँ, केन्द्रीय कोषलाई १२ लाख रुपैयाँ र स्थानीय निकायले पाउने गरी १० लाख रुपैयाको दरले रकम उपलब्ध गराउने बैंकले जनाएको छ बैंकले गरेको निर्णय अनुसार बागमती प्रदेश सरकारलाई हिजो नै ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।
बैंकका हेटौंडा शाखाका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । उनका अनुसार प्रदेश राजधानी भएको स्थानका बैंक शाखाबाट प्रदेशलाई र बाँकी रकम केन्द्रीय स्तरबाट उपलब्ध गराईने बताएका छन् ।
देशलाई संकट परेको समयमा सामाजिक उत्रदायित्व बहन गर्नका लागि रकम उपलब्ध गराईएको बैंक व्यवस्थापनले जनाएको छ । महालक्ष्मी विकास बैंकले देशैभरि १ सय ३ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको छ ।











