बागमती प्रदेश सभाका समितिको बैठक भिडियो कन्फ्रेन्समा 

हेटौडा न्युज
९ बैशाख २०७७, मंगलवार २३:१५
;

बागमती प्रदेश सभाका विभिन्न संसदिय समितिहरुको बैठक भिडियो कन्फ्रेन्स मार्फत संचालन भईरहेका छ । देश लकडाउनको अवस्था रहेकाले बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिको बैठक आज मंगलबार भिडियो कन्फ्रेन्स मार्फत भएको हो । 

लकडाउनको समयमा आफ्नो गृह जिल्ला तथा निर्वाचन क्षेत्रमा रहेका प्रदेश सभा सदस्यहरुबीच ईन्टरनेटको माध्यमबाट भएको बैठकमा हाल कोरोनाको कारण उत्पन्न समस्या तथा यसबाट पर्न गएको चौतर्फी असरलाई सम्बोधन गर्न प्रदेश सरकारको भुमिकाका विषयमा सदस्यहरुले धारणा राखेका थिए । 

प्रदेश सरकारमार्फत वितरण हुने राहत , प्रदेश सरकारको उपस्थिति , आउदोँ आर्थिक वर्षको बजेट तथा हाल देशमा भईरहेको समस्याले निम्त्याउने अर्थ संकटलाई सम्बोधन गर्न तर्जुमा हुने कार्यक्रम लगायतको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । 

समितिका सभापति सरेश नेपालको अध्यक्षतामा भएको कन्फ्रेन्स बैठकमा समितिका सदस्यहरु , आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल ,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मुकुन्द प्रसाद पौडेल, बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ , उपसभामुख राधिका तामाङ लगायतको भिडियो कन्फ्रेन्समा सहभागिता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*