रामेछापमा बस दुर्घटना हुँदा २८ जना घाइते, दुईको अवस्था गम्भीर 

हेटौडा न्युज
१० बैशाख २०७७, बुधबार १३:०१
;

रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । मन्थली नगरपालिकामा पर्ने कुनाउरीमा बुधबार बिहान बस दुरर्घटना भएको हो । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
काठमाडौंबाट यात्रु लिएर दोलखाको मालुखोला जान लागेको पूर्व अरनिको यातायात समितिको बा २ ख ६८१८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । दुर्घटनामा गम्भीर घाईते भएका २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको अस्पालले जनाएको छ । अरु घाइते सामान्य अवस्थामा छन्।

लकडाउनमा काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई स्थानीय सरकारले बसको व्यवस्था गरी धमाधम गाउँ फर्काउन थालेका बेला उक्त दुर्घटना भएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*