नेपालमा ११ जना कोरोना संक्रमित थपिए, उपचारको लागि कोशी अस्पतालमा पाठाइयो

नेपालमा मंगलबार मात्रै थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको मंगलबारमात्रै थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई थप उपचारका लागि कोसी अस्पताल पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । संक्रमण पुष्टि भएकामध्ये ४ जना निको भएर घर फर्किइसकेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।











