आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना 

हेटौडा न्युज
१० बैशाख २०७७, बुधबार १४:२६
;

आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बुधबारको मौसम पूर्वानुमानको सूचना जारी गर्दै महाशाखाले अपरान्हपछि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो । 

 हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य  बदली  रहने छ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी राति  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*