नगरले घरघर लगिदिन्छ औषधि

हेटौडा न्युज
१० बैशाख २०७७, बुधबार १५:०३
;

थाहा नगरपालिकाले बिरामीहरूलाई औषधि अभाव नहोस् भनेर घरमै पुर्‍याइदिने व्यवस्था मिलाएको छ । त्यस क्षेत्रमा रहेका विभिन्न ‘कडा’ रोगका बिरामीका लागि आवश्यक औषधि किनेर घरघरमै पुर्‍याउने गरिएको हो ।

‘थाहामा नपाइने औषधि काठमाडौंबाटै ल्याएर घरघरमै पुर्‍याइरहेका छौं,’ मेयर लवशेर विष्टले भने । बिरामीले वडा कार्यालयमा पैसा बुझाउने र सोहीअनुसार काठमाडौंबाट औषधि खरिद गरेर ल्याएर वडामार्फत नै वितरण भइरहेको उनले बताए ।

नगरपालिकाले विदेशबाट फर्किएका ७० जनालाई उच्च निगरानीमा राखिएको समेत जानकारी दिएको छ । नगरका वडाले टोलटोलमा गएर तयार पारेको तथ्यांकअनुसार हाल उनीहरूको नियमित स्थास्थ्य जाँच पनि गरिएको छ । ‘वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा टोल बस्तीको क्लस्टर छुट्याई निगरानी गर्ने व्यक्तिसमेत तोकिएको छ,’ कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सचिवालयका संयोजक शाखा अधिकृत विवेक बिडारीले भने ।

थाहामा विदेशबाट आएका बिरामीहरूलाई उच्च जोखिम, जोखिम र न्य्नू जोखिममा विभाजन गरेर आवश्यक स्वास्थ्य परीक्षण भइरहेको छ । थाहा नगर प्रवेश गर्ने नाकामा समेत स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।

 स्रोतः कान्तिपुरदैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*