बेसहारा व्यक्तिको उद्दारमा अटेर गर्ने मानव सेवा आश्रमलाई मन्त्री कै सहयोग

हेटौडा न्युज
१० बैशाख २०७७, बुधबार १९:१०
;

बेसहारा व्यक्तिको उद्दार र संरक्षण गर्न अटेर गर्ने मानव सेवा आश्रमलाई बागमती प्रदेशका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रामेश्वर फूँयालले २१ हजार रुपैंया सहयोग गरेका छन् । मन्त्री फूँयालले हेटौंडा स्थित मानव सेवा आश्रमलाई आफ्नो मासिक पारिश्रमिकको आधा रकम सहयोग गरेका हुन् ।

मकवानपुर जिल्लामा केन्द्रिय कार्यालय रहेको मानव सेवा आश्रमले विगत केहि हप्ता अगाडीदेखि पुर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडाको मेनरोडको सडक पेटिमा बस्दै आएका एक व्यक्तिको उद्दार नगरेकामा सार्वजनिक रुपमा चौतर्फि आलोचना भइरहेको थियो । यसरी आलोचना भइरहेकै समयमा आश्रमलाई मन्त्री फूँयालले नै आर्थिक सहयोग गरेका हुन् ।

""

यसबाट बेसहारा व्यक्तिहरुको उद्दार र संरक्षणको जिम्मा लिएर बेसहारा मानिसहरुको उद्दार गर्न आनाकानी गर्ने मानव सेवा आश्रमको कमजोरीलाई प्रशासनले देखे पनि नदेखे झै गरेको छ । 
सडक मानवको उद्दार र संरक्षण गर्छु भन्दै सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशसंग ७५ लाख रकम अनुदान लिएको मानव सेवा आश्रमले प्रदेश राजधानीकै सडकमा देखिएका बेसहरा व्यक्तिको उद्दारमा चासो देखाएको थिएन् । 

असहायहरुको उद्दारका लागि आश्रमलाई चार पांग्रे सवारी समेत उपलब्ध गराएको सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख इन्दिरा ओझाले जनाएकी छिन् ।

चार दिन अघि हेटौंडा अस्पतालमा स्वास्थ्य परीक्षण पछि आश्रय दिन गरिएको आग्रहलाई अटेर गरेको मानव सेवा आश्रमले भने कोरोना संक्रमणको अहिलेको अवस्थामा हाल रहेका आश्रितलाई असर पुग्ने भएकाले उद्दार नगरेको जवाफ दिदै आएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*